२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


सशर्त पतिसँग यौनसम्बन्ध राख्न केन्यामा एक महिला सांसदको उर्दी


0
Shares

सांसद मीशी मबोकोले महिलाहरुलाई आह्वान गर्दै भनिन्, ‘तपाईहरु आफ्नो पतिसँग त्यतिन्जेलसम्म यौन सम्बन्ध नराख्नुस्, जबसम्म पतिले मतदाता परिचयपत्र नविकरण गरेर ल्याउँदैनन् ।’ ८ अगस्टमा केन्यामा निर्वाचन हुँदैछ ।

तटीय शहर मोम्बासाबाट प्रतिनिधित्व गरेकी उनले भनिन्, ‘महिलाहरुले यो रणनीति अपनाउनै पर्छ, आफ्नो मतदाता परिचयपत्र नदेखाएसम्म पतिलाई यौन सम्बन्ध बनाउन नदिनुस् ।’

मतदाता परिचयपत्र नविकरण गर्नका लागि फेब्रुअरी १७ सम्मको समयावधि तोकिएको छ ।

उनले ‘यौन’ महिलाहरुको शक्तिशाली हतियार भएको उल्लेख गर्दै भनिन्, ‘मतदानका लागि अनिच्छुक पुरुषलाई पनि यसबाट मताधिकार प्रयोगमा प्रोत्साहित गर्न सकिन्छ ।’

आफ्नो पतिमा भने यस्तो वहिष्कारको शर्त राखिरहन जरुरी नरहेको पनि उनले प्रष्ट पारिन् । उनले भनिन्, ‘मेरो पतिले मतदाता परिचयपत्र नविकरण गरिसक्नु भएको छ ।’

केन्याका राष्ट्रपति उहुरी केनयट्टा दोस्रो कार्यकालका लागि निर्वाचनमा भाग लिदैंछन् । सांसद मबोको भने विपक्षी दलकी सदस्य हुन् । विपक्षी दलको गठबन्धनले राष्ट्रपतिको साझा उम्मेदवार बनाएर उहुरीलाई कडा चुनौति दिने अनुमान गरिएको छ ।

उनले मतदाता परिचयपत्र नविकरणमा सबैले ध्यान दिने हो भने विपक्षी गठबन्धनले चुनाव जित्ने सम्भावना अधिक रहेको सांसद मबोकोको भनाइ छ ।

केन्यामा यौन सम्बन्ध वहिष्कार वा सशर्त यौन सम्बन्धको आह्वान नयाँ विषय होइन । यसअघि सन् २००९ मा पनि महिला कार्यकर्ताहरुले साताव्यापी रुपमा यौन सम्बन्ध वहिष्कार गरेका थिए ।

त्यतिबेला राष्ट्रपति र प्रधानमन्त्रीबीचको विवाद समाधानका लागि दबाब दिन भन्दै यस्तो आह्वान गरेका थिए । (एजेन्सी)