राजधानीमा विश्व शान्तिको कामना गदैं शान्ति प्रार्थना « Image Khabar


राजधानीमा विश्व शान्तिको कामना गदैं शान्ति प्रार्थना


Imagekhabar
५ माघ २०७३, बुधबार ११:४६

मानवको चारित्रिक, नैतिक र आध्यात्मिक उत्थान, सद्भाव र मेलमिलापको कामना गर्दै शान्ति प्रार्थना गरिएको हो ।

अहिले विश्वमा मानव मानवबीच हत्या, हिंसा र बेमेल बढ्दै गएको भन्दै मानवजातीको एकता र शान्तिका लागि राजयोग सेवाले आफ्ना अभियानहरु केन्द्रित गर्दै आएको छ ।

विश्व शान्ति प्रार्थनामा बिभिन्न जिल्लाबाट आएका प्रतिनिधि सहभागि थिए । सेवा केन्द्रले शान्ति र एकता व्यक्ति, घर परिवार, समाज र विश्वमा पु¥याउन सबैसँग आग्रहसमेत गरेको छ ।

राजयोग सेवाले ब्रह्माकुमारीका संस्थापक प्रजापिता ब्रह्माबाबाको ४८ औं पुण्य स्मृति दिवस पनि मनाएको छ ।

प्रतिक्रिया दिनुहोस्