
बौद्धस्थित हायात होटलमा हुने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन् । सम्मेलनमा सहभागी हुन ५५ देशका प्रहरी प्रमुख काठमाडौं आएका छन् ।
सम्मेलनमा नेपालले तीनवटा कार्यपत्र पेश गर्दैछ । मानव तस्करी सम्बन्धी विषयमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कार्यपत्र पेश गर्नेछन् ।
चोरी शिकारी सम्बन्धी विषयमा डीआइजी नवराज सिलवालले र आतंकवादसम्बन्धी डीआइजी बमबहादुर भण्डारीले कार्यपत्र पेश गर्ने कार्यक्रम छ ।
सदस्य बनेको ५० वर्षमा नेपालले दोस्रो पटक यो सम्मेलन आयोजना गरेको हो । २७ वर्षअघि नेपालले नेपालले पहिलो पटक इन्टरपोलको १० औं क्षेत्रीय सम्मेलन आयोजना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्