उदयपुरमा १३ फिट लामो अजिंगर भेटियो

रामपुर ठोक्सिलाको माछापुछ्रे्र वनको बीचको सखुवाको रुखको फेदको सानो खाल्डामा उक्त अजिंगर हालै स्थानीय वन हेरालुले फेलापारेको जिल्ला वन कार्यालय उदयपुरका प्रमुख श्रीप्रसाद बरालले बताएका छन् ।
फेलापारिएको उक्त अजिंगरलाई आफूले रामपुरकै राष्ट्रिय बेलकातरी वनमा लगेर छाड्न निर्देशन दिएको र प्रहरी र वनका कर्मचारीले बेलाकातरी वनमा लगेर सुरक्षित स्थानमा छाडेको पनि जिल्ला वन कार्यालयका प्रमुख बरालले बताए ।
उदयपुर जिल्ला पूर्वकै सबैभन्दा ठूलो वन क्षेत्र भएको जिल्ला हुनाले यस जिल्लाको चुरे महाभारत क्षेत्रमा धेरै अजिंगरको बासस्थानसमेत रहँदै आएको पनि वन कार्यालयका प्रमुख बरालले बताए ।
तर, यतिको ठूलो अजिंगर भेटिएको भने यो पहिलोपटक भएको पनि जिल्ला वन कार्यालयका प्रमुख बरालले बताए । रासस