हतियारधारी समूहद्वारा उद्योगमा लुटपाट, प्रबन्धकमाथि आक्रमण « Image Khabar


हतियारधारी समूहद्वारा उद्योगमा लुटपाट, प्रबन्धकमाथि आक्रमण


Imagekhabar
५ माघ २०७३, बुधबार १४:१८

अनुहार ढाक्ने गरी नकाब लगाएर आएका चारजनाको समूहले उद्योगमा हुलहुज्जतसँगै पेस्तोल देखाइ पसेर उद्योगका प्रबन्धक जीतु अग्रहरीलाई नियन्त्रणमा लिइ आक्रमण गरेको र त्यहाँ भएको पैसा मोबाइल र क्राइम कन्ट्रोल क्यामेरासमेत लुटेर लैजान सफल भएको बाताइएको छ ।

घटनाका विषयमा अनुसन्धान भइरहेको बताउँदै इलाका प्रहरी कार्यालय दुहवीले लुट्न आएका सबैले नकाब लगाएको र सो स्थानमा भएको क्राइम कन्ट्रोल क्यामेरासमेत लुटेरा समूहले लगेका कारण लुटेराको पहिचान गर्न गाह्रो भएको भएपनि प्रहरीले खोजतलास जारी राखेको बताएको छ ।

लुटेरा समूहको आक्रमणबाट घाइते भएका प्रबन्धक जीतु अग्रहरीको स्थानीय उपचार केन्द्रमा उपचार गरिएको पनि इलाका प्रहरी कार्यालय दुहवीले जानकारी दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्