
फाइल फोटो
ट्यांकरभित्र सिटमा चालकसमेत मृत अवस्थामा फेलापरेका छन् ।
काठमाडौंबाट बारातर्फ जाँदै गरेको ना४ख ४१४३ नम्बरको ट्यांकर राति १२ बजेतिर त्रिशूली नदीमा खसेको थियो ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार मृत भेटिएका चालक बारा जिल्ला अमलेखगन्ज निवासी २६ वर्षीय उमेश तामाङ भएको थाहा भएकोे छ ।
घटनास्थलबाट करिब एक किलोमिटर पश्चिमतर्फ नदीको बीच भागमा ट्यांकर फेलापरेको हो ।
प्रहरी उपरीक्षक दीपक थापाकाअनुसार स्टेरिङ्मा च्यापिएको अवस्थामा चालक भेटिएका हुन् ।
पानीले ट्यांकरको पछाडिको भागमाथि उठाएकाले फेलापार्न सहज भएको र ट्यांकरलाई किनारामा तानेर हेर्दा चालक मृत भेटिएको उनले बताए ।
ट्यांकरका सहचालक अमलेखगन्जकै प्रदीप लामा भने पौडी खेलेर बाँच्न सफल भएका छन् । दुर्घटनामा परी उनको खुट्टा भाँचिएको छ ।
उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बसलाई उछिन्नेक्रममा ट्यांकर त्रिशूलीमा खसेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले रातिदेखि नै ट्यांकर र चालकको खोजीकार्य जारी राखेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्