१८ असार २०८२, बुधबार | Thu Jul 3 2025


उच्च अदालतका ८० जना न्यायाधीशहरुलाई शपथग्रहण


0
Shares

न्यायपरिषद्ले गत पुस २८ गते गरेको सिफारिसबमोजिम सर्वोच्च अदालतमा आयोजित विशेष समारोहमा उनीहरुलाई न्यायाधीश नियुक्त गरी शपथ गराइएको हो ।

विराटनगर, जनकपुर, पाटन, पोखरा, तुलसीपुर, सुर्खेत र दीपायल उच्च अदालतका लागि उनीहरुलाई नियुक्त गरिएको हो ।

प्रधानन्यायाधीश सुशीला कार्कीको उपस्थितिमा सम्बन्धित अदालतका मुख्य न्यायाधीशले उनीहरुलाई शपथ गराएका हुन् ।

न्यायपरिषद्का सदस्यहरुबीच नै विवाद उत्पन्न भएको अवस्थामा न्यायाधीश नियुक्ति गरिएपछि नेपाल बार एसोसिएसन तथा सरकारी वकिलहरुले तीव्र असन्तुष्टि राख्दै आएका छन् ।