काठमाडौं, फागुन २९ । आइतबारदेखि निरन्तर सुधारिएको पुँजीबजारमा बुधबार भने दोहोरो अंकको गिरावट आयो ।
बुधबार सेयरबजार परिसूचक नेप्से १३ अंकले झरेर ११ सय ५० मा आइपुग्यो ।
यसदिन कारोबार भएका सबैजसो समूहमा गिरावट आएसँगे नेप्से ओर्लिएको हो ।
यसदिन वित्त समूह सामान्य अंकलेबाहेक अरु सबै समूहमा गिरावट आयो । निर्जीवन बिमा समूह सबैभन्दा उच्च ८९ अंकले झर्यो ।
यसदिन १७३ कम्पनीका १३ लाख कित्ता सेयर जम्मा ३६ करोड ८४ लाख रुपैयाँ बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्