
९२ वर्षका बुसलाई होस्टनस्थित अस्पतालमा भर्ना गरिएको स्थानीय सन्चारमाध्यमहरुले बुधबार जनाएका छन् ।
उनको स्वास्थ्य अवस्था स्थिर रहेको र सुधार भइरहेको अस्पतालका प्रमुख जेन बेकरले जानकारी दिए ।
उनलाई अहिले अस्पताल भर्ना गर्नुको कारणकाबारेमा केही बताइएको छैन । पूर्वराष्ट्रपति बुसलाई यसअघि पनि पटक–पटक भर्ना गरिएको थियो ।
जीवित चारजना पूर्वराष्ट्रपतिमध्ये उनी सबैभन्दा बढी उमेरको हुन् । उनी सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए ।
उनका छोरा जर्ज डब्लु.बुसले पनि सन् २००१ देखि २००९ सम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्