
बिराज रोस्यारा (इमेज)
कैलाली, फागुन २९ । जिल्ला वन कार्यालय कैलालीका वन अधिकृत भरत साह ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले बुधबार दिउँसो वन अधिकृत साहलाई सो घुस रकमसहित पक्रेको हो ।
वन अधिकृत साहलाई धनगढी उपमहानगरपालिका–५ स्थित वन कार्यालयमा सेवाग्राहीसित घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको जनाइएको छ ।
वनसम्बन्धी मुद्दा मिलाइदिने भन्दै अधिकृत साहले सेवाग्राहीसित पैसा मागेको बताइएको छ ।
साहमाथि थप कारबाही प्रक्रिया अघि बढाइएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्