Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


‘गोल्डेन भ्वाइस’ प्रेमध्वजको सम्मानमा शुभकामना साँझ


0
Shares

लहना मिडियाले गर्न लागेको उक्त कार्यक्रममा सम्मानका साथ रु ५१,१११ प्रदान गरिने आयोजकले बताएको छ ।

वि.सं. २००९ सालदेखि नेपालको सांगीतिक क्षेत्रमा सक्रिय वरिष्ठ गायक प्रधानको नेपालभाषा सांगीतिक क्षेत्रमा पनि विशिष्ट योगदान रहेको छ ।

नेपालमा रेकर्डिङ प्रविधिको विकास नभएको समयमा मुम्बई गएर नेपालीमात्र नभइ नेपालभाषाको गीतहरुसमेत रेकर्ड गरिएको उल्लेख गर्दै ती गीतहरु अहिले पनि चर्चित रहेको विहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।

‘नेपालको प्रेम साहव : भ्वाइस अझ नेपाल’कारुपमा भारतको चर्चित फिल्मफेयर अवार्डको सातौं संस्करणमा गीत गाउन मञ्चमा आमन्त्रण गरिएको स्मरण गर्दै भारतमा बस्न गरिएको कयौं अनुरोधहरुले लोभ्याउन नसकेको वरिष्ठ गायक प्रेमध्वज प्रधानको मातृभूमिप्रतिको सम्मानको उल्लेख पनि कार्यक्रममा गरिएको थियो ।

माघ १४ गते खुसिबुँस्थित विनायक पार्टी भेन्यूमा दिउँसो ३ः३० बजे सुरु हुने उक्त कार्यक्रममा वरिष्ठ कलाकार प्रेमध्वज प्रधानका साथमा कलाकारहरु भीम तुलाधर, ज्योति घिमिरे, जेम्स प्रधान, नीशा देसार, सुरजवीर बज्राचार्य, एञ्जिला सिंह, भूपेन्द्र बज्राचार्य, अन्जन श्रेष्ठ, पंकज राजोपाध्याय, सुलिन्द्र शाक्यले गीत प्रस्तुत् गर्नेछन् भने आराध्यलक्ष्मी खड्गीले नृत्य प्रस्तुत् गर्नेछन् ।

नेपाल सम्वत् ११३७ नववर्षको अवसरमा आयोजना हुन लागेको उक्त कार्यक्रम नेपालभाषा साहित्य तथा संगीत क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्ने परम्पराको निरन्तरता भएको पनि आयोजकले जनाएको छ ।