२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सर्वोच्चद्वारा ८० न्यायाधीश नियुक्तिमा कारण देखाऊ आदेश


0
Shares

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले परिषद्लाई ती न्यायाधीशको नियुक्तिका सम्बन्धमा अन्तरिम आदेश दिन नपर्ने तर नियुक्तिको कारण देखाऊ आदेश दिएको अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी गराए ।

मुद्दालाई अग्राधिकार दिइ पेस गर्न परिषद्लाई आदेशसमेत दिइएको छ ।

बुधबार अधिवक्ताद्वय तोयनाथ ढुंगाना र प्रकाशकुमार काफ्लेले उच्च अदालतमा नियुक्त भएका न्यायाधीश समावेशी नभएको जिकिर गर्दै अन्तरिम आदेश माग गरी रिट निवेदन दर्ता गराएका थिए ।

परिषद्को गत पुस २८ गतेको बैठकले सात उच्च अदालतका न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । रासस