२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


‘आर्थिक विकासमा कृषि विकास बैंकको भूमिका महत्वपूर्ण’


0
Shares

बैंकको स्वर्णजयन्तीको अवसरमा बैंकको नेपाल वित्तीय संस्था कर्मचारी संघले विहीबार राजधानीमा गरेको यससम्बन्धी छलफल कार्यक्रममा बैंकको भूमिकाको प्रशंसा गरिएको हो ।

बैंकको महाप्रबन्धसमेत रहिसकेका पूर्वगभर्नर डा.तिलक रावलले कठिन परिस्थितिमा स्थापना भएर उद्देश्यअनुसार गाउँ–गाउँ पुगेको सरकारी बैंकले नाफा गरेनन् भनेर आरोप लगाउनु गलत हुने बताए ।

बैंकले पछिल्ला वर्ष उल्लेख्य प्रगति गरेको भन्दै लक्ष्यलाई पनि नभुली यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा.स्वर्णिम वाग्लले उदारीकरणमा पनि सरकारी स्वामित्वका बैंक आवश्यक हुने उल्लेख गरे ।

अझै पनि कुल गार्हस्थ उत्पादनमा महत्वपूर्ण अंश रहँदै आएको कृषि क्षेत्रको प्रवद्र्धनका लागि कृषि विकास बैंकको भूमिका अझै महत्वपूर्ण रहने उनले उल्लेख गरे ।