
पछिल्लो समयमा ताप्लेजुङ नगरपालिकाभित्रै लोपोन्मुख वन्यजन्तु कालो सालक प्रशस्त मात्रामा देखिन थालेका छन् ।
जिल्ला वन कार्यालयले विभिन्न गाविसमा समिति नै बनाई सालक संरक्षण अभियान सुरु गरेपछि यसको संख्या बढेको जिल्ला वन कार्यालयले जनाएको छ ।
सालक संरक्षण अभियानले सार्थकता पाएपछि वन्यजन्तुविद खुसी भएका छन् ।
यसैबीच नगरपालिकाभित्रकै कच्ची सडकमा भेटिएको एउटा सालकलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएपछि धुसेनी वनमा लगेर छाडिएको वन कार्यालयका निमित्त प्रमुख दानबहादुर श्रेष्ठले जानकारी दिए ।
नेपालमा लोपोन्मुख कालो सालक र तामे सालक पाइने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्