Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


गोदावरी नगरमा २ करोडको लागतमा खानेपानी आयोजना बन्ने


0
Shares

कैलाली । खानेपानीको चरम समस्या रहेको कैलालीको गोदावरी नगरपालिकास्थित ओलानिमा बृहद खानेपानी आयोजना बन्ने भएको छ ।

रोटरी क्लव अफ सांघाइ र अष्ट्रेलियन रोटरी क्लवको सहयोगमा रोटरी क्लव अफ धनगढीले निर्माण गर्न लागेको खानेपानी आयोजनाको शिलान्यास गरिएको छ ।

गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउँद र नेपाल–भुटानका गभर्नर चिन्तामणी भट्टराईले आयोजनाको संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

उक्त खानेपानी आयोजनाबाट गोदावरी नगरपालिकाको वडा नम्बर ११ र १२ स्थित गोदावरी क्षेत्रका ६ सय घरधुरीमा खानेपानी सुविधा पुग्नेछ ।

खानेपानी आयोजना अन्तर्गत २ लाख २५ हजार लिटर क्षमताको १ सय १० फिट अग्लो खानेपानीको ओभरहेट ट्यांकी बन्ने छ ।

रोटरी क्लबको करिब १ करोड ७० लाख र बाँकी जनश्रमदान गरी करिब २ करोडको लागत आयोजना निर्माण गरिन लागेको हो ।

खानेपानीको अभावले गर्दा दैनिक धेरै समय पानी जोहो गर्नमै समय खर्चिनु परेको स्थानियको गुनासो रहेको छ ।

घरमा घरमा धारा जोडीएको भए पनि धारामा पानी नआउँदा स्थानीय मछेली खोलाको दुषित पानी पिउन वाध्य वनेका छन् ।