२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


रामबहादुर बम्जनको आश्रममा यातना पाएकी विदेशी महिलाले दिल्लीमा गरिन् उजुरी


0
Shares

नयाँ दिल्ली, फागुन २९ । तपस्वीका रुपमा चिनिएका रामबहादुर बम्जनका बारेमा नेपाल प्रहरीमा परेको उजुरीबारे नेपाल प्रहरीले छानविन टुंगो लगाउन नसकेकै बेला भारतमा एक विदेशी महिलाले उजुरी दायर गरेकी छन् । नेपालमा रहँदा बम्जनको आश्रममा आफूमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्दै ती विदेशी महिलाले दिल्ली महिला आयोगमा उजुरी दिएकी हुन् ।

चेक रिपलिब्लककी ५० वर्षीया महिलाले दिल्ली महिला आयोगमा दिएको उजुरी अनुसार बम्जनको शिविरमा शारीरिक र मानसिक यातना पाएपछि उनी केही पर्यटकको मद्दतमा भागेर अवैध रुपमा भारत पुगेकी हुन् । उनले भारतबाट ‘एक्जिट भिसा’ दिलाउन  दिल्ली महिला आयोगसमक्ष गुहार मागेपछि उनको निवेदनअनुसार दिल्ली महिला आयोगले भिसा उपलब्ध गराएर हालै स्वदेश फर्काएको बताइएको छ ।