
२०६१ सालमा खरको घर बनाएर धार्मिक पर्यटकीय र साधुसन्त तथा वृद्धाश्रम बनाउन सुरु गरिएकोमा स्थानीयवासीको सहयोगमा १२ वर्षमा आश्रम निर्माण सम्पन्न भएको हो ।
लिङ्गेश्वर महादेव परिसरमा देवी, सरस्वती, विष्णु, गणेश, लक्ष्मी, पाञ्चायनलगायत थुपै्र मन्दिर निर्माण सम्पन्न भई सकेको छ । यससँगै बैठक हल, हवन गृह, विवाह मण्डप, विश्वकर्मा मन्दिर भने निर्माण हुँदैछन् ।
५० जना वृद्ध तथा साधुसन्त बस्न सक्ने क्षमता रहेको लिङ्केश्वर महादेव मठमा हाल ८ साधु सन्त बसिरहेको महन्त लीलापुरीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्