ताप्लेजुङ । काबेली बी–वान जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने काबेली नदीबाट २५ मेगावाट विद्युत् उत्पादन गर्ने गरी निर्माण भइरहेको छ । आयोजनाको काम ९९ प्रतिशत पुरा भएको आयोजनाले जनाएको छ ।
निर्माण कार्य अन्तिम चरणमा पुगेकाले आगामी वैशाखभित्रै परीक्षण उत्पादन गर्ने तयारी गरिएको आयोजनाका वरिष्ठ ईन्जिनियर हस्तमान राईले बताए ।
तीन वर्षमा नै निर्माण पुरा गर्ने गरी २०७२ साल बैशाखदेखि आयोजनाको काम सुरु गरिएको थियो ।
तर निर्धारित समयमा काम सम्पन्न नहुँदा म्याद थप गरेर काम भइरहेको हो ।
१३२ केभीए विद्युत् प्रशारणलाइन (काबेली करिडोर) को काममा ढिलाइ भएकाले पनि आयोजनाको काम पनि पछि सर्दै गएको बताइएको छ ।
चार अर्ब रुपैयाँको लगानीमा निर्माण थालिएको यो आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकलगायतको लगानी छ ।









प्रतिक्रिया दिनुहोस्