Logo २४ पुस २०८२, बिहिबार | Fri Jan 9 2026


१५ गते भित्रै चुनावको मिति घोषणा हुने प्रधानमन्त्रीको दाबी


0
Shares

संसदीय मामिला पत्रकार समाजले आइतबार राजधानीमा गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले चुनाव हुन नसके मुलुक २०१७ सालभन्दा पनि जटिल अवस्थामा पुग्न सक्ने भन्दै जोखिम उठाएर भए पनि निर्वाचनको मिति घोषणा गर्ने बताए ।

संसदमा दर्ता भएको संविधान संशोधन विधेयकमा सबै दलको सहमति हुन नसके अर्को संशोधन विधेयक दर्ता गर्ने वा प्याकेजमा सहमति गर्ने भन्ने विषयमा पनि दलहरुबीच छलफल भइरहेको उनको भनाइ थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले संसदीय पत्रकारिता नामक पुस्तकको विमोचन समेत गरेका थिए ।