तत्कालीन राणा शासनविरुद्ध जनचेतना फैलाउने शुक्रराज शास्त्रीलाई १९९७ साल माघ १० गते टेकुको पचलीमा रहेको रूखमा तत्कालीन सरकारले झुन्ड्याएर मृत्युदण्ड दिएको थियो ।
सहिद सप्ताहको पहिलो दिन आज टेकु चोकमा रहेको सहिद शुक्रराज शास्त्रीको शालिकमा माल्यापर्ण गरिएको छ ।
काठमाडौं महानगरपालिकाले शुक्रराजको सम्झनामा शालिकमा माल्यार्पण कार्यक्रम आयोजना गरेको हो ।
त्यसैगरी धर्मभक्त माथेमालाई माघ १३ गते फाँसी दिइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानिएको थियो ।
माघ १६ गते सबै ज्ञात तथा अज्ञात सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरी सहिद दिवस मनाइन्छ ।










प्रतिक्रिया दिनुहोस्