काठमाडौं, फागुन २८ । मंगलबार सेयरबजारमा दोहोरो अंकको सुधार आयो । कारोबारपनि बढ्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से २० अंकले उकालो लागेर ११ सय ६३ पुग्यो ।
कारोबार भएका सबै समूह सुधारिएसँगै नेप्से दोहोरो अंकले उकालो लागेको हो ।
जीवनबिमा समूह सबैभन्दा उच्च ७७ अंकले उकालो लाग्यो । उत्पादनमूलक र जलविद्युत् समूह ३२/३२ अंकले उक्लिए । निर्जीवन बिमा समूहमा २९ अंकको वृद्धि आयो । विकास बैंक, वाणिज्य बैंक र होटल समूहमा पनि दोहोरो अंकको सुधार आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७६ कम्पनीका १९ लाख ४० हजार कित्ता सेयर ५२ करोड ३६ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्