पहिलो किस्ता बुझेकादेखि किस्ता नपाएकाले पनि आफूखुशी घर बनाउन थालेका हुन् ।
जिल्लास्थित शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयका अनुसार जिल्लामा दुई सयभन्दा बढीले आफुखुशी घर बनाएका हुन् ।
लहरेपौवा, टिमुरे, धुन्चे, बृद्धिममा ईञ्जिनियर र प्राविधिकको सल्लाह बिनै आफूखुशी घर बनाइएको डिभिजन प्रमुख राजेन्द्र खतिवडाले जानकारी दिए ।
कतिपयले सरकारले तोकेको नक्शाकै आधारमा घर बनाउन थाले पनि गाविसमा दर्ता र इन्जिनियरसँग परामर्श नगरेका हुन् ।
डिभिजन कार्यालयका अनुसार जिल्लाको उत्तरी भेगमा केही भूकम्प प्रभावितले काठको घर बनाइ सकेका छन् ।
यार्सा, सरमथलीलगायतका गाविसमा सुख्खा ढुङ्गाको गारो लगाएर घर बनाईएको छ ।
घर किस्ता पाएर घर बनाउनेमा ५ सय ७३ घर परिवार छन् भने गैरसरकारी संस्थाको सहयोगमा एक सय सात वटा घर निर्माण हुँदैछ ।










प्रतिक्रिया दिनुहोस्