Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


९० दिनलाई पुग्ने पेट्रोलियम भण्डारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन


0
Shares

मंगलबार बिहान सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री दाहालले आपूर्ति र अर्थ मन्त्रालयसहित आयल निगमका पदाधिकारीहरुलाई ९० दिनलाई पुग्ने गरी पेट्रोल, ग्याससहितका पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री दाहालले पेट्रोलियम भण्डारणस्थल निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिने पनि जानकारी गराएका छन् ।

उनले अमलेखगन्ज वा चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माण कार्य यथाशक्य सक्ने गरी काम अघि बढाउन पनि निर्देशन दिएका छन् ।

जनतालाई राहत दिने गरी के गर्न सकिन्छ यसबारे उपाय खोज्नसमेत प्रधानमन्त्री दाहालले निर्देशन दिएका छन् ।