Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


बस र ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते


0
Shares

विराटनगरबाट विराटचोकतर्फ आउँदै गरेको ना२ख ७१७८ नम्बरको यात्रीबाहक बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।

बस बनिगामा–४ स्थित कालाबन्जारमा आफैं अनियन्त्रित भएर सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले बताए ।

दुर्घटनामा परेर भोजपुर, आम्तेक–१ की ५१ वर्षीया देवी विक तथा मोरङ बनिगामा–१ का १९ वर्षीय निराजन खवास र तेतरिया–९ की १६ वर्षीया सवीना श्रेष्ठ गम्भीर घाइते भएका छन् ।

उनीहरुको नोबेल मेडिकल कलेज, विराटनगरमा उपचार भइरहेको छ ।

त्यस्तै, मोरङकै झोराहाट–२ स्थित भृकुटीचोकमा को१त ६४९१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।

विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा सहचालक मोरङ, भौंडाहा–९ का २२ वर्षीय अर्जुन उराउ र कोसीहरैंचा–१५ का २३ वर्षीय आशाराम ऋषिदेव घाइते भएका हुन् । घाइते दुबैको न्युरो अस्पताल, विराटनगरमा उपचार भइरहेको छ ।

चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ । रासस