२९ श्रावण २०८२, बिहिबार | Fri Aug 15 2025


महोत्तरीमा एउटै विवाह समारोहमा ‘१९ ओटा मोबाइल चोरी’


0
Shares

                                                                                         फाइल फोटो

गौशाला–७ का निशान्त साहको बहिनी रोजी साहको गत आइतबार भएको विवाह समारोहमा १९ ओटा विभिन्न कम्पनीका मोबाइल चोरी भएको हो ।

विवाहमा सरिक भएका अतिथि एवं आफन्तहरु राति सुतेको मौकाछोपी सो परिमाणको मोबाइल क्रमिकरुपमा चोरी भएको पीडित निशान्तले बताए ।

विभिन्न व्यक्तिका गरी चोरी भएका मोबाइल करिब रु चार लाख मूल्य बराबरको रहेको उनले जानकारी दिए ।

सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए । रासस