मेडिकल कलेजबाट बाहिरिनेक्रममा मोटरसाइकलमा आएका युवाले नमस्ते गरी गाडी रोकेर क्रिकेटको स्ट्यामले सिसामा प्रहार गरेको न्यौपानेले बताए ।
स्ट्यामले लागेर डा. न्यौपाने चढेको बा१४च ७५६४ नम्बरको गाडीको अगाडिको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताए ।
सिसाको टुक्राले शरीरमा लागेको भएपनि डा. न्यौपाने र गाडीचालक सकुशल रहेको थापाले बताए ।
मोटरसाइकलमा आएका युवाले गाडी रोकेर आक्रमण गरी पूर्वतर्फ भागेको डा. न्यौपानेले बताए ।
दुईओटा मोटरसाइकलमा चारजना युवा आएको प्रहरीको अनुमान छ ।
घटनालगत्तै प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठको नेतृत्वमा आक्रमणकारीको खोजी भइरहेको प्रहरी उपरीक्षक थापाले बताए ।
आक्रमणको कारण खुल्न सकेको छैन । घटनाको साँझसम्म कसैले जिम्मेवारी लिएको छैन । रासस










प्रतिक्रिया दिनुहोस्