१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


झापाको बेलडाँगी र मोरङको पथरीमा अझै ३० हजार भुटानी शरणार्थी बाँकी


0
Shares

झापा र मोरङका विभिन्न सातओटा शिविरमा बस्दै आएका भुटानी शरणार्थी अमेरिकालगायत युरोपका विभिन्न मुलुकतिर गएपछि शिविरहरु सुनसानजस्तै भएका छन् ।

पुनर्वास कार्यक्रमअन्तर्गत् सन् २००७ को सेप्टेम्बरदेखि हालसम्म करिब ९८ हजार भुटानी शरणार्थी तेस्रो देशमा पुनस्र्थापित भएको नेपालस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)ले जनाएको छ ।

हाल झापाको वेलडाँगी र मोरङको पथरीमा गरी लगभग ३० हजार भुटानी शरणार्थी रहेको यूएनएचसीआरले जनाएको छ ।