भरतपुर उपमहानगरपालिका–२७ स्थित जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना२ख ६८२३ नम्बरको बस आफैं अनियन्त्रित भएर सडकछेउमा पल्टिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइतेमध्ये १५ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने ८ जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।
प्रहरीले सकुशल रहेका बसका चालकलाई नियन्त्रणमा लिएको छ ।










प्रतिक्रिया दिनुहोस्