२९ श्रावण २०८२, बिहिबार | Fri Aug 15 2025


गोली हानेर २ लाख लुटियो


0
Shares

लुटेरा समूहले वित्तीय संस्था जीवन विकास समाजका कर्मचारी ३५ वर्षीय घनश्याम बहरदारमाथि गोली प्रहारसहित रडले आक्रमण गरी लुटपाट गरेका हुन् ।

कर्सियाको पश्चिमचर्फ रहेको खोलाछेउमा लुकेर बसेका चारजना लुटेरा समूहले बहरदारलाई घाइते बनाइ उनले दादरबेरीयाबाट संकलन गरेर ल्याएको रकम लुटेर फरार भएका थिए ।

गोली र रड प्रहारबाट घाइते भएका बहरदारको विरानगरस्थित विराट अस्पतालमा उपचार भइरहेको छ ।

उनको उपचारमा संलग्न चिकित्सक फणिन्द्र मण्डलले बहरदारको दायाँ तिघ्रामा गोली लागेको बताए । यस्तै, रड प्रहारबाट उनको देब्रे तिघ्रासमेत भाँच्चिएको छ ।

उपचाररत् बहरदारको स्वास्थ्य अवस्था भने खतरामुक्त रहेको चिकित्सक मण्डलले बताए ।

लुटेरामध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको र बाँकी तीनजनाको खोजी भइरहेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिए ।