Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


टिपरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते


0
Shares

बुधबार भएको दुर्घटनामा सिन्धुपाल्चोक, ठूलो सिरुवारी बस्ने ३८ वर्षीया विमला बस्नेतको मृत्यु भएको महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी निरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।

दुर्घटनामा मृतक बस्नेतका श्रीमान् एवं मोटरसाइकल चालक ३८ वर्षीय रामचन्द्र बस्नेत भने गम्भीर घाइते भएका छन् । उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटना गराउने सिन्धुपाल्चोक, फुल्पिङकोट बस्ने २७ वर्षीय टिपर चालक वाङ्जुंग तामाङ र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस