Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


ट्याक्सी खोलामा खस्दा तीनजना गम्भीर घाइते


0
Shares

घाइते हुनेमा ट्याक्सी चालक पोखरा, घारेपाटन बस्ने ३७ वर्षीय जगन गुरुङ सोही ठाउँकी २४ वर्षीया पार्वती गुरुङ र गोरखा सिर्दोबास–४ की ५६ वर्षीया जलमान गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

डुम्रेबाट पोखरा जाँदै गरेको ग१ज २१०७ नम्बरको ट्याक्सी पुलको रेलिङ तोडेर कुम्लेखोलामा खसेको हो । तीव्रगतिमा गुडेका कारण ट्याक्सी दुर्घटनामा परेको हो ।

घाइतेको दमौलीको रत्नहरिमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस