
नेप्से परिसूचक पुनः १४ सय तल आइपुग्यो । यसदिन नेप्से ३६ अंकले झरेर १३ सय ९६ अंकमा आइपुगेको हो ।
उत्पादनमूलक समूहबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो । बीमा समूह सबैभन्दा उच्च २ सय ६७ अंकले घट्यो ।
यस्तै, वाणिज्य बैंक ३६ अंक, होटल ५८ अंक, विकास बैंक २९ अंक र जलविद्युत् समूहमा पनि ५१ अंकको गिरावट आयो । वित्त समूह २५ अंकले झर्यो भने अन्य समूह पनि २ अंकले घट्यो ।
यसदिन कारोबार परिमाण भने केही सुधारियो । १ सय ३५ कम्पनीको १७ लाख कित्ता सेयर ५९ करोड २८ लाख रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
कारोबार भएका १ सय ३५ कम्पनीमध्ये मात्र ९ ओटा कम्पनीको सेयर मूल्य सामान्य बढ्यो भने चारओटा कम्पनीको सेयर मूल्य स्थीर रह्यो, अरु ओरालो लागे ।
प्रतिक्रिया दिनुहोस्