Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


३९ एसएसपीको सरुवा, सर्वेन्द्र खनाल प्रहरी मूख्यालयमा (सरुवाको सूचीसहित)


0
Shares

गृहमन्त्रीस्तरको निर्णयले बुधबार कै मितिबाट लागू हुने गरी ३९ एसएसपीको सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ । अधिकांश अंचल कार्यालयका एसएसपी सरुवा भएका छन् ।

यो सरुवासँगै महानगरीय अपराध महाशाखामा पनि नेतृत्व परिवर्तन भएको छ । महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाललाई प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ भने महाशाखाको जिम्मेवारी दिनेश अमात्यलाई दिइएको छ । अमात्य यसअघि प्रहरी युक्ति तालिम महाविद्यालय, नवलपरासीमा थिए ।

त्यस्तै महानगरीय प्रहरी परिसर काठमाडौंमा छविलाल जोशीलाई सरुवा गरिएको हो । जोशी धौलागिरी अञ्चल प्रहरी कार्यालयमा थिए ।

महानगरीय प्रहरी परिसर ललितपुरबाट पिताम्बर अधिकारीलाई मञ्चल प्रहरी कार्यालय मेचीमा सरुवा गरिएको छ । ललितपुर परिसरमा ठूले राईलाई सरुवा गरिएको छ ।

सरुवाको पूर्ण सूची हेर्न यहाँ क्लिक गर्नुहोस्