Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


प्रधानमन्त्री दाहालले सशस्त्र प्रहरीलाई भने:‘निर्बाचनका लागि तयार रहनुहोला’


0
Shares

सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटन पोखरामा सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोहमा बोल्दै दाहालले तिनै तहको निर्वाचनको मिती छिट्टै घोषणा हुन लागेको बताए ।

प्रधानमन्त्री दाहालले हाल देश संक्रमणकालिन अवस्थाबाट गुज्रीरहेको सन्दर्भमा विधीको शासनको मुल मर्मलाई आत्मसात गर्दै कानुनको कार्यान्वयनमा थप चनाखो एवं होसियार रहेर कामकारवाही गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

दाहालले शान्ति सुरक्षा कायम र विपत् व्यवस्थापन कार्यमा सशस्त्र प्रहरीले खेलेको भूमिका सराहनीय र प्रशंसनिय रहेको बताए ।

उनले मानवअिधकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको परिधिभित्र रहेर निभाएको भूमिकाको प्रशंसा गरे ।

कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले आन्तरिक सुरक्षा र सीमा सुरक्षा र अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका खेलेको बताए । उक्त अवसरमा उत्कृष्ट प्रशिक्षार्थीलाई प्रधानमन्त्री दाहालले पुरस्कार प्रदान गरेका थिए ।