आयोगको यहाँ बसेको बैठकले उक्त ‘मोहम्मद डे’ का दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको आयोगका सदस्यसचिव मोहम्मद खादि इकवाल इराकीले बताए ।
सरकारले मुस्लिम समुदायले मनाउने पर्वहरु इद र बकर इदमा सार्वजनिक बिदा दिनेगरेको छ ।
नेपाली मुस्लिम समुदायमा हौसला बढाउन र पैगम्बर हजरत मोहम्मदप्रति सम्मान व्यक्त गर्नका लागि आयोगको बैठकले सो दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सार्वजनिक बिदा पुनरावलोकन समितिको सचिवालय) मार्फत सरकारलाई आग्रह गरेको हो । रासस










प्रतिक्रिया दिनुहोस्