शेयर बजार वियरिष ट्रेण्डमा • Image Khabar Image Khabar


शेयर बजार वियरिष ट्रेण्डमा


Imagekhabar
१३ माघ २०७३, बिहीबार १९:३१

शेयर बजार वियरिष ट्रेण्डमा

उतार चढावबीच नेप्से २१ अंकले ओरालो लागेर १३ सय ७५ कायम भएर थामियो । कारोबार भने सामान्य सुधारियो ।

यस दिन पनि कारोबार भएका सबै समूह ओरालो लागे । बीमा समूह सबैभन्दा उच्च १ सय १ अंकले झर्यो ।

वाणिज्य बैंक समूहमा २३ अंकको गिरावट आयो । विकास बैंक समूह १८ अंकले ओर्लियो । अन्य समूह पनि दोहोरो अंकले झर्यो भने अरु समूह चाँही सामान्य अंकले ऋणात्मक रहे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३७ कम्पनीको १० लाख ५२ हजार कित्ता शेयर ५२ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्