२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


उपल्लो मुस्ताङमा टिपर दुर्घटना, २० जनाको मृत्यु (नामावली)


0
Shares

लक्ष्मीप्रसाद सापकोटा (इमेज)

अपडेट:

पर्वत, असार २२ ।  हिमालपारीको जिल्ला मुस्ताङमा शुक्रबार भएको एक टिपर दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ ।

बेनी–जोमसोम–कोरला सडकखन्डअन्तर्गत् उपल्लो मुस्ताङको लोभेकर–दामोदरकुन्ड गाउँपालिका वडा नम्बर–३ स्थित स्याङ्बोचेमा कालीगन्डकी करिडोर निर्माणमा खटिएका मजदुरहरु सवार बा२क २२१९ नम्बरको टिपर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा १३ जना पुरुष र ७ जना महिला रहेका छन् । दुर्घटनामा परी अरु १२ जना घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका सातजनालाई एअर डाइनास्टिक र नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत् उद्धार गरेर उपचारका लागि पोखरा पठाइएको छ ।

सामान्य घाइते पाँचजनाको मुस्ताङ जिल्ला अस्पताल जोमसोममा उपचार भइरहेको छ ।

दुर्घटनाका १५ ओटा शव अहिले पनि घटनास्थलमा राखिएको र शनिबार बिहानमात्र सेनाको हेलिकोप्टरबाट पोखरा पठाइने जनाइएको छ ।

घाइतेको उद्धार गर्नेक्रममै साँझ भएपछि बाँकी शवलाई शनिबारमात्र पोखरा लगिने भएको हो ।

पाँचओटा शवलाई भने शुक्रबार साँझ नै जिल्ला अस्पताल मुस्ताङमा ल्याइएको छ ।

दुर्घटनामा परी मृत्यु भएका र घाइतेहरु कोही पनि मुस्ताङका नभएका कारण सबै घाइते र शवलाई पोखरा लैजाने निर्णय भएको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलकाअनुसार गुड्दै गरेको टिपर अनियन्त्रित भइ सडकबाट झन्डै ६० मिटर तल खसेको थियो ।

शुक्रबार दिउँसो करिब २ बजेतिर उक्त टिपर दुर्घटनामा परेको थियो । कालीगन्डकी करिडोरमा काम गरिरहेका मजदुरलाई खाना खुवाएर फर्काउनेक्रममा दुर्घटना भएको जनाइएको छ । 

दुर्घटनामा परी मृत्यु हुनेहरु

जिल्ला वर्ष नाम  

दाङ ३० बालकुमार रोका

धादिङ २३ सुजन घलान (चालक)

रोल्पा २८ सुकमान रोका

ओखलढुंगा २० जीवन माझी

कैलाली २२ बिन्ती घर्ती

रोल्पा १९ महेश रोका

कपिलवस्तु २५ कमानसिंह रोका

दाङ ३१ कविता घर्तीमगर

रोल्पा ३२ रामकुमार पुन

दाङ ३५ सुवेर चौधरी

दाङ ४३ शान्ति थापा

रोल्पा ३२ सन्तु घर्ती

स्याङ्जा २४ कृष्ण क्षेत्री

दाङ २५ कमल बुढा

रोल्पा ३१ जितमाया घर्ती

रोल्पा २० सृजना मगर

रोल्पा २३ राष्ट्रिय रोका

रोल्पा २३ जीतकुमारी पुन

रोल्पा ३६ मौसम घर्ती

दाङ ५० गुरुदत्त थापा

घाइतेहरु  

झापा २३ दिपेश माझी

दाङ २३ निरज पुन

रोल्पा १९ बिमल घर्ती

रोल्पा ३९ कुमिर पुन

रोल्पा ३९ सूर्यबहादुर पुन

धादिङ १६ सागर मगर

रोल्पा ३६ रिस्सा घर्ती

रोल्पा १८ ईश्वर पुन

रोल्पा १७ रिसम घर्तीमगर

दाङ १९ श्याम बुढामगर

रोल्पा १८ तिलक पुन

रोल्पा १७ दीपक पुन