Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


अम्लिसोको भाउ नपाएपछि किसान चिन्तित


0
Shares

राम्रो मूल्य पाउने आशामा अम्लिसोको व्यवसायिक खेती गरेको किसानले उत्पादनको मूल्य पाउन नसकेको बताएका छन् । केही वर्षअघिसम्म भिरालो, पाखो र खाली जमिनमा मात्रै खेती गर्दै आए पनि यस वर्ष किसानले खाद्यान्न बाली लगाउने ठाउँमै अम्लिसोको खेती गरेका थिए ।

यो वर्ष ग्रामीण क्षेत्रका बजारमा अम्लिसो प्रतिकेजी २० रुपैयाँका दरले बिक्री भइरहेको छ । गएको वर्षसम्म भने अम्लिसोको मूल्य प्रतिकेजी एक सय रुपैयाँ रहेको किसानहरु बताउँछन् ।