फाइल फोटो
काठमाडौंबाट कैलालीको धनगढीका लागि उडेको राष्ट्रपति चढेको नेपाली सेनाको हेलिकोप्टर मौसम खराबीको कारण दाङको भालुवाङमा अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सोही हेलिकोप्टरमा नेकपा एमालेका नेता भीम रावल पनि छन् । मौसम सफा भएर सो स्थानबाट उडेको हेलिकोप्टर पुनः सदरमुकाम घोराहीस्थित नेपाली सेनाको रिपु गढमा ओर्लिएको छ ।
मौसममा सुधार नदेखिएकोले शुक्रबार हेलिकोप्टर उड्न नसक्ने सम्भावना बढेको नेपाली सेनाले जनाएको छ ।
शुक्रबार दिउँसो १२ बजेदेखि उनीहरु दाङमै छन् ।










प्रतिक्रिया दिनुहोस्