Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


निर्वाचन आयोगमा तीनजना आयुक्तहरु नियुक्तिको सिफारिस


0
Shares

संवैधानिक परिषद्को शुक्रबार बसेको बैठकले तीनजना आयुक्तको नाम सिफारिस गरेको हो ।

सिफारिस हुनेमा झापाका नरेन्द्र दाहाल, स्याङ्जाका ईश्वरी पौडेल र रुकुमका सुधीरकुमार शाह छन् ।

संविधानको धारा २ सय ४५ को उपधारा ६ बमोजिम निर्वाचन आयुक्त बन्न उनीहरुको योग्यता पुगेको भन्दै सिफारिस गरिएको परिषद्ले जनाएको छ ।

संसदीय सुनुवाइपछि निर्वाचन आयोगको आयुक्तमा उनीहरुको नियुक्ति हुनेछ । यो नियुक्तिसँगै निर्वाचन आयोगले पूर्णता पाउनेछ ।