
अदिस अबाबा (इथियोपिया), फागुन २७ । आइतबार दुर्घटनाग्रस्त इथियोपियाली विमानमा उडानका समय हुने गतिविधि रेकर्ड गर्ने दुईमध्ये एउटा ‘ब्लाक वक्स’ भेटिएको घटनाबारे अनुसन्धानका लागि खटिएका अधिकारीलाई उद्धृत गरी इथियोपियाली सन्चारमाध्यमले जनाएका छन् ।
इथियोपियाली विमान कम्पनीको बोइङ ७३७ राजधानी अदिस अबाबाबाट उडेको केही मिनेटपछि आइतबार बिहान दुर्घटनाग्रस्त भएको थियो ।
घटनामा चालकादलका ८ सदस्यसहित १५७ जनाको मृत्यु भएको थियो ।
इथियोपियाको फाना ब्रोडकास्टिङ कर्पोरेटले आफ्नो ट्वीटर पेजमा लेखेको छ–‘इथियोपियन एअरलान्सको दुर्घटनाग्रस्त विमानको ‘ब्लाक बक्स’ भेटिएको छ ।’ रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्