
जुम्ला सदरमुकाम खलंगामा एक फिटसम्म हिउँ जमेको छ भने लेकमा भने तीन फिटभन्दा बढी हिउँ जमेको जनाइएको छ ।
हिउँ परेपछि चिसोका कारण जनजीवन कस्टकर बने पनि हिउँदेबाली सप्रने भन्दै किसानहरु खुसी भएका छन् ।
गत भदौदेखि पानी र हिउँ नपर्दा हिउँदे र लेकालीबाली सबै सुक्ने अवस्थामा पुगिसकेका थिए ।
हिउँदेबाली जौ, गहुँ, मकै, आलुलगायतका बाली र स्याउ तथा ओखरजस्ता फलफूललाई हिमपातले राम्रो गर्नेछ ।
हिमपातपछि जुम्लाको तापक्रम शून्यमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस्