बुटवल, फागुन २७ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले लागू गर्न खोजेको सामाजिक सुरक्षा योजनाले श्रमिक र रोजगारदातकाबीच रहेको दूरी कम हुने बताएका छन् ।
सोमबार रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।
उनले विदेश पलायन हुने युवाको क्रमलाई सरकारको सुरक्षा योजनाले रोक्ने र जनशक्तिको अभाव हुन नदिने दाबी गरे ।
कार्यक्रममा सहभागी उद्योगीहरुले भने सरकारले लागू गर्न खोजेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले उद्योगीहरुको समस्या बढाउने भन्दै चिन्ता व्यक्त गरेका थिए ।
रुपन्देहीका उद्योगी विष्णु श्रेष्ठले रोजगारदाताको समस्या नबुझी योजना ल्याइएकाले कार्यान्वयन हुन नसक्ने जिकिर गरे ।
रुपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष दिनेशराज रेग्मीले सरकारी योजना राम्रो भएपनि उद्योगहरुले धान्न नसक्ने धारणा राखे ।









प्रतिक्रिया दिनुहोस्