५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


‘गीत, गजल र शीतल’को आठौं शृंखला सम्पन्न


0
Shares

काठमाडौं, फागुन २७ । घोस्ट राइटिङ नेपालको प्रस्तुति ‘गीत, गजल र शीतल’ को आठौं शृंखला सम्पन्न भएको छ ।

राजधानीको कुञ्ज थियटरमा सम्पन्न कार्यक्रम गायक आनन्द कार्कीप्रति समर्पित गरिएको थियो ।

कार्यक्रममा गायक रुपक चौधरीले कार्कीका गीतहरुको प्रस्तुति दिएका थिए ।

गजलकार संगीता थापा र हुकुम धड्कनले आफ्ना रचना र गीत सुनाएका थिए ।

कार्कीले आफूले जे बोल्ने हो, गीत र गजलमार्फत् नै बोल्ने बताए ।

कार्यक्रमको संयोजन गीत तथा गजलकार शीतल कादम्विनीले गरेकी थिइन् ।

कार्यक्रम हरेक दुई महिनाको अन्तरालमा हुँदै आएको आयोजकले जनाएको छ ।