५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


गीतकार भिखारीको ‘पञ्चामृत’ सार्वजनिक


0
Shares

काठमाडौं, फागुन २७ । गीतकार अर्जुनरत्न भिखारीको दोस्रो गीतिसंग्रह ‘पञ्चामृत’ सार्वजनिक भएको छ ।

राजधानीमा एक कार्यक्रमबीच वरिष्ठ गीतकार एवं चलचित्र निर्देशक यादव खरेल, संगीतकार शम्भुजित बास्कोटा, गायक दीप श्रेष्ठको प्रमुख आतिथ्यतामा ‘पञ्चामृत’ सार्वजनिक गरिएको हो ।

संग्रहमा पाँचओटा गीत समावेश छन् ।

‘धनले होइन मनले’ बोलको गीतमा सुरज थापा, ‘जवानीको ऐना हजुर’ बोलको गीतमा मेलिना राई, ‘परैदेखि’ बोलको गीतमा सुरेश लामा, ‘मन मनै त हो’ बोलको गीतमा प्रमोद खरेल र ‘तिम्रा झुटा’ बोलको गीतमा स्वरुपराज आचार्यको आवाज रहेको छ ।

संगीत संयोजन रिकेश गुरुङ, सञ्जीव बराइली तथा प्रदीप श्रेष्ठको रहेको छ भने सुनील मास्केको एकल संगीत छ ।

एल्बममा समावेश ‘धनले होइन मनले’ र ‘जवानीको ऐना हजुर गरी’ दुई गीतको म्युजिक भिडियो पनि कार्यक्रममा प्रिमियर गरिएको थियो ।

भिखारीको यसअभि ‘जय माया प्रेम’ संग्रह सार्वजनिक गरिएको थियो । एल्बमलाई भाइब्स क्रिएसनले बजारमा ल्याएको छ ।