१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


ट्रम्पलाई ओक्लोहोमामा चुनावी र्‍याली गर्न अनुमति


0
Shares

एजेन्सी, असार ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ओक्लोहोमामा चुनावी र्‍याली गर्न अदालतबाट अनुमति पाएका छन् । ट्रम्पले शनिबार ओक्लोहोमाको टल्सामा चुनावी सभा गर्दै छन् ।

कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने भन्दै सो र्‍याली रोक्न माग गरी दायर मुद्दामा ओक्लोहोमा अदालतले अनुमति दिएको हो ।

ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनाव केन्द्रित र्‍याली मार्च यता पहिलो पटक गर्न लागेका हुन् । कोरोना संक्रमण बढिरहेको क्षेत्रमा ट्रम्पले सभा आयोजना गरेकामा ओक्लोहोमाका स्वास्थ्य अधिकारीहरु भने चिन्तित देखिएका छन् ।

र्‍यालीमा सहभागी हुनका लागि १० लाखभन्दा बढी मानिसले टिकटका लागि अनुरोध गरेको दाबी ट्रम्पले गरेका छन् ।