बार्सिलोना सेभिल्लासँग गोलरहित बराबरीमा, मेस्सीको प्रयास विफल • Image Khabar Image Khabar


बार्सिलोना सेभिल्लासँग गोलरहित बराबरीमा, मेस्सीको प्रयास विफल


Imagekhabar
६ असार २०७७, शनिबार ०६:३६

बार्सिलोना सेभिल्लासँग गोलरहित बराबरीमा, मेस्सीको प्रयास विफल

काठमाडौं । स्पेनि ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना सेभिल्लासँग गोल रहित बराबरीमा रोकिएको छ ।

बार्सिलोनाको बराबरीसँगै लिगमा ८ खेल बाँकी रहँदा उपाधि होड खुला भएको छ । लियोनल मेस्सीले खेलको पहिलो हाफमा फ्रि किक मार्फत गोल प्रयास गरेपनि सफल भएन् ।

बार्साको बराबरीसँगै दोस्रो स्थानमा रहेको रियाल मड्रिडलाई बार्सिलोनासँग अंक बराबरी गर्ने मौका छ । ३० खेलबाट ६५ अंक जोड्दा एक खेल कम खेलेकोको रियालको ६२ अंक छ । तेस्रो स्थानको सेभिल्लाको ५२ अंक छ ।

यस्तै इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ ।

लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा सुरुवाति अग्रता लिए पनि जोसे मोरिन्होको टिम टोटनह्यामले जित निकाल्न सकेन ।

२७ औँ मिनेटमा स्टीभन बर्गविजनले गोल गरेर टोटनह्यामलाई सुरुवाति अग्रता दिलाएका थिए । तर ८१ औँ मिनेटमा पाएको पेनाल्टीमा फर्नान्डेसले म्यानचेस्टर युनाइटेडका लागि बराबरी गोल गरे ।

बराबरीपछि पाँचौँ स्थानको म्यानचेस्टर युनाइटेडको ३० खेलबाट ४६ तथा आठौँ स्थानको टोटनह्यामको ४२ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्