Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


रसुवाको पर्यटकीय थुमन गाविसलाई खुल्ला दिशामुक्त घोषणा


0
Shares

तीन सय ४० घरधुरी रहेको थुमन गाविसका सबै घरमा शौचालय बनाइएको छ । योसँगै खुला दिशामुक्त गाविस घोषणा गरिएको हो ।

१८ गाविस रहेको रसुवामा यसअघि बृद्धिम, टिमुरे, धुन्चे, यार्सा, गोल्जुङ, डाँडागाँउ, ठुलोगाउँ गाविस खुला दिशामुक्त गाविस घोषणा भैसकेका छन् ।

जिल्लामा निजी आवास निर्माणमा केही गति लिन थालेपछि विभिन्न साझेदार संघ सस्थाको सहयोगमा शौचालय बनाउन थालिएको हो ।

चैत मसान्तभित्र १८ वटै गाविसलाई खुला दिशामुक्त घोषणा गर्ने तयारी भएको छ ।

२०७४ जेठ २२ भित्र पूरै जिल्ला खुला दिशामुक्त बनाउने लक्ष्य अनुसार काम भैरहेको स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले बताए ।