Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


चितवनमा दुर्लभ एकसिंगे गैंडाको चोरी–सिकार नभएको एक हजार दिन पुग्यो


0
Shares

२०७१ साल वैशाख २० गतेदेखि ०७३ माघ १४ गतेसम्म १ हजार दिन शून्य चोरी–सिकार अवधि रहेको चितवन निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।

शून्य चोरी–सिकार वर्षको सुनौलो एक हजार दिनको अवसर पारेर वनमन्त्री शंकर भण्डारीले सौरहामा एक हजार दिन अंकित बोर्डको अनावरण गरेका छन् ।

पछिल्लो गैंडा गणनाबाट चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको संख्या ६०० पुगेको तथ्यांक छ । नेपालमा कुल गैंडाको संख्या ६४५ रहेको छ ।