Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


गैंडाको आक्रमणबाट सौराहामा महिलाको मृत्यु


0
Shares

                                                                                     फाइल फोटो
रत्ननगर नगरपालिका–१९ स्थित जनकौली वनमा घाँस काट्न जानेक्रममा गैंडाले आक्रमण गर्दा स्थानीय ३५ वर्षीय लक्ष्मी श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

शनिबार दिउँसो करिब १.३० बजे स्थानीय सामुदायिक वनभित्र गैंडाले उनलाई आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीचौकी बछौलीका प्रहरी नायब निरीक्षक दुर्गा कुँवरले जानकारी दिए ।

शवको मुचुल्का उठाउन प्रहरी टोली जंगल पुगेको उनले बताए । पाँचजनाको समूहमा घाँस काट्न गएकाबेला उक्त घटना भएको र एकजना सामान्य घाइते भएपनि अरु सकुशल रहेको स्थानीयवासी शीरलाल परियारले जानकारी दिइन् ।

चितवनको निकुञ्जस्थित मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट धनजनको क्षति हुँदै आएको छ ।

अघिल्लो महिनामा पनि चितवनको माडी र सौराहामा हात्तीको आक्रणबाट दुईजनाको मृत्यु भएको थियो । रासस